उप-चुनावको उम्मेदवार टुंगो लगाउन एमाले बैठक बस्दै


काठमाडौं – उप-चुनावको उम्मेदवार टुंगो लगाउन नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । बैठक साढे १२ बजे पार्टी मूख्य कार्यालय च्यासलमा बस्ने उपमहासचिव विष्णु रिमालले जानकारी दिए ।

चितवन- २ मा जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र तनहुँ -१ मा पूर्व आईजीपी सर्वेन्द्र खनालको नाम लगभग टुंगिएको स्रोतले जनाएको छ । स्रोतका अनुसार उनको सचिवालय बैठकबाट टुंगो लाग्नेछ ।

बारा – १ बाट काे उठाउने भनेर पनि बैठकमा टु‌ंगाे लगाउने जनाइएकाे छ । बैशाख १० गते उप-चुनाव हुँदैछ ।

प्रतिक्रिया