

कांग्रेसले लगायो नयाँ मन्त्रीहरुमा टुंगो, कुन मन्त्रालय कसलाई ?

काठमाडौं – नेपाली कांग्रेसका मन्त्रीहरुको मन्त्रालय टुंगो लागेको छ । सत्ता गठबन्धनमा कांग्रेसले पाएको ८ वटा मन्त्रालय र मन्त्रीको नाम टुंगो लागेको कांग्रेस स्रोतले जनाएको छ।
उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा सहभागी हुन लागेको कांग्रेसले, अर्थ, परराष्ट्र, रक्षा, सहरी विकास, सामान्य प्रशासन, स्वास्थ्य, कानुन मन्त्रालय, भूमि व्यवस्था मन्त्रालय सम्हाल्ने छ ।
कांग्रेसले अर्थमा प्रवक्ता प्रकाशशण महत, सहरीमा एनपी साउद, सामान्य प्रशासनमा धनराज गुरुङ, स्वास्थ्यमा मोहन बस्नेत, कानुनमा डिगबहादुर लिम्बु र भूमि व्यवस्थामा सीता गुरुङलाई पठाउने भएको छ ।
कांग्रेसको उच्च स्रोतका अनुसार उपसभापति खड्का र नेता रमेश रिजाल मध्ये परराष्ट्र र रक्षा मन्त्रालय कसले सम्हाल्ने भन्ने अन्तिम टुंगो लागिसकेको छैन ।
उपप्रधानसहित परराष्ट्र वा रक्षा मध्ये एउटा मन्त्रालय लिएर खड्का सरकारमा सहभागी हुने छन् । सत्ता गठबन्धनमा कांग्रेसले ८, माओवादी केन्द्रले ५, एकीकृत समाजवादी, २, जसपाले २, मन्त्रालय पाउने सहमति भएको छ ।
यस्तै जनमतलाई एक राज्यमन्त्रीसहित २, लोसपा १, उन्मुक्तिलाई १, आम जनता पार्टीलाई १ र नेसपालाई १ मन्त्रालय दिने सहमति भएको छ ।

