

प्रधानमन्त्री दाहाल र एकीकृत समाजवादी अध्यक्ष नेपालबीच छलफल

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको बैठकपछि प्रधानमन्त्री प्रचण्ड र नेपालबीच छुट्टै छलफल भएको हो ।
आज बिहान बालुवाटारमा बसेको गठबन्धन बैठकमा सरकार बिस्तारबारे छलफल भए पनि निष्कर्षमा पुग्न नसकिएको नेताहरुले बताएका छन् ।

