
आज चैते दसैं
काठमाडौं – चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदशैँ। शक्तिस्वरूपा भगवतीको आराधना गरी मनाइँदै छ।
चैत्र शुक्ल पक्षलाई वासन्ती नवरात्र पनि भनिन्छ। शारदीय नवरात्रमा जस्तै नौदिनसम्म शक्तिको उपासना गर्ने परम्परा छ।
यसै पक्षमा देवीको आराधना गरी मर्यादापुरुष श्रीरामले रावणमाथि विजय प्राप्त गरेको बताइन्छ।
चैतेदशैँका अवसरमा देशभरका शक्तिपीठमा श्रद्धालुको घुइँचो लागेको छ।



कागजपत्र |
