

बेवारिसे अवस्थामा राखिएको चामल तथा युरिया मल बरामद

कपिलवस्तु – जिल्लाको यशोधरा गाउँपालिका-७ नुनुवाबाट मंगलबार बेवारिसे अवस्थामा राखिएको चामल तथा युरिया मल बरामद भएको छ।
करिव २ लाख ६७ हजार रुपैयाँ बराबरको ५२ क्विन्टल चामल र साढे ३ क्विन्टल युरिया मल बरामद भएको हो।
भारतबाट अवैध रूपले ल्याई बेवारिसे अवस्थामा राखेको उक्त चामल तथा मल सशस्त्र प्रहरी बल नेपाल बीओपी मर्यादापुर र सुठौली भन्सार कार्यालयका कर्मचारीले बरामद गरेको हो ।
बरामद चामल तथा मल सुठौली भन्सार कार्यालय कपिलवस्तुमा बुझाइएको छ।

