एकीकृत समाजवादीबाट बाहिरिएका केदार न्यौपानेको राजीनामा स्वीकृत


काठमाडौं – नेकपा एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष केदारप्रसाद न्यौपानेले पार्टी छाडेका छन् ।

नेकपा एमालेमै फर्किन लागेको चर्चा चलिरहेका बेला मंगलबार बसेको समाजवादीको सचिवालयको बैठकले उनको राजीनामा स्वीकृत गरेको हो ।

एक महिना अघिदेखि नै उनले समाजवादी छाड्ने चर्चा गृहजिल्ला मकवानपुरमा चलिरहेको थियो । अध्यक्ष माधव नेपालसमेतको उपस्थितिमा मंगलबार आलोकनगरमा बसेको बैठकले पार्टीका उपाध्यक्ष न्यौपाने र स्थायी कमिटी सदस्य चुडामणि जङ्गलीले दिएको राजीनामा सचिवालयको बैठकले स्वीकृत प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए।

एमाले मकवानपुरका सचिव नवीन सिग्देलले यसअघि नै समाजिक सञ्जालमा न्यौपानेसँगका तस्बिरहरु सार्वजनिक गर्दै सम्झनलायक क्षण भनेका थिए।तत्कालीन नेकपाको पोलिटब्युरो सदस्य तथा एमालेमा २०४५ सालदेखि पटकपटक केन्द्रीय सदस्यको भूमिका निर्वाह गरेका न्यौपाने एमाले विभाजनसँगै एकीकृत समाजवादीको उपाध्यक्ष बनेका थिए।

प्रतिक्रिया