गठबन्धनको बैठक अघि प्रधानमन्त्री भेट्दै रवि लामिछाने


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्ने भएका छन् ।

प्रधानमन्त्रीले गठबन्धन दलहरूसँग छलफल गरी आजै सरकारलाई पूर्णता दिने तयारी गरिरहेका बेला रवि प्रधानमन्त्रीसँग भेट्न लागेका हुन् ।

बालुवाटारमा मिटरब्याज पीडितहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेका रविले आजै आफूले प्रधानमन्त्रीलाई भेट्न लागेको बताए ।

आफ्नो भन्दा पीडितहरूको कुरा पहिले प्रधानमन्त्री समक्ष राख्ने बताएका रविले भने, ‘इमान भएको मान्छे सरकारमा जानुपर्छ । त्यसैले हामी जान लागेका हौँ ।’

गृह मन्त्रालयसहित यसअघिका मन्त्रालय नपाए सरकारमा नजाने अडान लिएको रास्वपा सभापतिले प्रधानमन्त्रीसँग छलफल जारी राखेको हो ।

आज ४ बजे गठबन्धन बैठक बस्दै छ । सहमति जुटे आजै सरकार विस्तारको तयारी प्रधानमन्त्री प्रचण्डले गरेका छन् ।

प्रतिक्रिया