
भैरहवा उडेको बुद्ध एयरको जहाज टेकअफ हुन नसकेपछि रनवेबाटै फर्कियो
काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टेकअफ लिन नसकेपछि बुद्ध एयरको विमान रनवेबाट फर्किएको छ । भैरहवाको लागि उडान भर्न तयार जहाज रनवेबाटै फर्किएको हो ।
सोमबार काठमाडौंबाट भैरहवाको लागि उड्न लागेको उडान नम्बर यू ८४५ को विमानले टेकअफ हुन नसकेपछि रनवेबाटै पार्किङमा फर्किएको हो ।विमानको इन्डिकेटरमा समस्या आएपछि विमान रनवेबाट फर्काइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।
दिउँसो १ बजेर २० मिनेटमा उडान भर्नुपर्ने विमानले २ बजेर ५० मिनेटमा उड्नेक्रममा थियो । रनवेमा गुडेको विमान टेकअफ हुन नसकेपछि रनवेबाट फर्काइएको प्रवक्ता सिटौलाले जानकारी दिए । बुद्ध एयरका प्रवक्ता दिपेन्द्र कर्णले विमानमा प्राविधिक समस्या आएको कारण टेकअप हुन नसकेको बताउदै यात्रुहरुलाई अर्को विमानको व्यवस्था गरेर भैरहवा पठाइएको उनले बताए ।



कागजपत्र |
