बुद्ध एयरको जहाजमा फेरि समस्या, भैरहवा उड्न लागेको विमान रनवेबाटै फर्काइयो


काठमाडौं – पछिल्लो नेपालको सबैभन्दा बढी उडान भर्ने बुद्ध एयरमा पटकपटक समस्या देखिँदै आएको छ । यसै क्रममा सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवा जान लागेको बुद्ध एयरको विमान टेकअफ गर्न नसकेपछि रनवेबाट फर्काइएको छ ।

सोमबार काठमाडौंबाट भैरहवाको लागि उड्न लागेको उडान नम्बर यू ८४५ को विमानले टेकअफ हुन नसकेपछि रनवेबाटै पार्किङमा फर्किएको हो ।

विमानको इन्डिकेटरमा समस्या आएपछि विमान रनवेबाट फर्काइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।

दिउँसो १ बजेर २० मिनेटमा उडान भर्नुपर्ने विमानले २ बजेर ५० मिनेटमा उड्नेक्रममा थियो । रनवेमा गुडेको विमान टेकअफ हुन नसकेपछि रनवेबाट फर्काइएको प्रवक्ता सिटौलाले जानकारी दिए ।

बुद्ध एयरका प्रवक्ता दिपेन्द्र कर्णले प्राविधिक समस्या आएपछि विमानले टेकअफ लिन नसकेको बताए । यात्रुहरुलाई अर्को विमानको व्यवस्था गरेर भैरहवा पठाइएको उनले बताए ।

प्रतिक्रिया