जिल्ला अदालत काठमाडौंद्वार सन्दीपमाथि आरोप लगाउने किशोरीलाई अन्तरिम राहत दिन अस्वीकार


काठमाडौं – काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कारको आरोप लगाउने युवतीलाई अन्तरिम राहत दिन अस्वीकार गरेको छ ।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासले चैत १० गते उक्त आदेश गरेको हो । अन्तिम फैसलाका लागि सबै अंग पुगिसकेको भन्दै फैसलाकै समयमा उक्त विषयको टुंगो लगाइने बताएको हो ।

त्यसअघि पीडितलाई तत्काल राहत आवश्यक रहेको भन्दै सरकारी पक्षले निवेदन दिएको थियो । जिल्ला अदालतको आदेशपछि पुर्पक्षका लागि थुनामा गएका सन्दीपलाई उच्च अदालत पाटनले २० लाख धरौटीमा छाड्ने आदेश गरेको थियो ।

उच्च अदालतको आदेशमा विदेशमा जान प्रतिबन्ध लगाइएकोमा सर्वोच्च अदालतले सर्तसहित फुकुवा गरेको थियो । बलात्कारसम्बन्धी मुद्दामा दोषीलाई कैद सजाय र जरिवानाबाहेक पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने पनि व्यवस्था छ । अन्तिम सुनुवाइका लागि जिल्ला अदालतमा सोमबार पेशी तोकिएको छ ।

प्रतिक्रिया