

मर्यादासम्बन्धी विधेयक राष्ट्रियसभा बैठकबाट सर्वसम्मतिले स्वीकृत

काठमाडौं – राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ सर्वसम्मतिले स्वीकृत भएको छ । हाज (आइतबार) बसेको राष्ट्रियसभा बैठकबाट उक्त विधेयक सर्वसम्मतिले स्वीकृत भएको हो ।
नेकपा (एकीकृत समाजवादी)का राष्ट्रियसभा सदस्य डा. बेदुराम भुसालले उक्त विधेयक सभासमक्ष पेस गरेका थिए । विधेयकमाथि सांसदहरूले धारणा राखेका थिए ।
छलफल सकिएपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधेयकको विपक्षमा कोही सांसद नरहेकाले विधेयक संसद्बाट सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरे ।
राष्ट्रियसभाको अर्को बैठक यही चैत्र १६ गते बिहीबार बिहान ११ बजेर १ मिनेटमा बस्नेछ ।

