संविधानको पालना र संरक्षण मेरो प्रमुख दायित्व र कर्तव्य : राष्ट्रपति


काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पालना र संरक्षण गर्ने विषय अब आफ्नो प्रमुख दायित्व र कर्तव्य हुने बताएका छन् । नेपाल बार एसोसिएसनको प्रतिनिधिमण्डललाई राष्ट्रपति पौडेलले सो कुरा बताए ।

राष्ट्रपति पौडेलले संविधान निर्माण गर्ने प्रक्रियामा समेत रहेर काम गर्ने अवसर प्राप्त भएकाले संविधानले राष्ट्रपतिलाई दिएको काम, कर्तव्य र अधिकारप्रति आफू सचेत नै रहेको बताए ।

पौडेलले भने, “संविधानको अक्षर र भावनाको मर्मअनुरुप कानुनका जानकारहरुले काम गर्न सुझाव र सल्लाह दिनुहोला ।” नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेलगायत पदाधिकारी तथा कार्यसमिति सदस्यहरुले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।

प्रतिक्रिया