बर्दिबासका नगरप्रमुखलाई एउटै निर्णय कार्यान्वयन गर्न ९ महिना लाग्यो


महोत्तरी – बर्दिबास नगरपालिकाका नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले पदभार ग्रहण गरेको पहिलो दिनमा नै नगरको गाडी प्रयोग नगर्ने घोषणा गरे ।

तर केही समयपछी नै नगरको गाडीलाई एम्बुलेन्स वनाउने र आफ्नै नीजि गाडी प्रयोग गर्ने प्रतिबद्धता जनाएका नगरप्रमुख क्षेत्री आफ्नै प्रतिबद्धतामाथी डगमगाउँदै गए ।

प्रतिबद्धताका वावजुत पनि पुनस् नगरकै गाडीको नै प्रयोग गरेको भेटिएपछी नगरप्रमुख क्षेत्रीको वाक्लै आलोचना भयो । अघिल्ला नगरप्रमुखले चढ्दै आएको गाडीलाई एम्बुलेन्स वनाउने घोषणा गरेका उन्ले विभिन्न सरकारी कार्यालय अर्थात मन्त्रालय जादा सरकारी नम्बर प्लेटको गाडी नै चाहिने महसुस गरे । केही समय प्रयोग पनि गरे ।

तर एउटा सरकार प्रमुखले जन्तासामु गरेको प्रतिबद्धता कति धेरै महँगो पर्दो रहेछ भन्ने बर्दिबास नगरपालिकाका नगरप्रमुख क्षेत्री आफैले प्रमाणित गरेका छन् ।

प्राथमिकतामा राखेको पहिलो प्रतिबद्धता पूरा गर्न नै नगरप्रमुख क्षेत्रीलाई ९ महिना लागेको छ । वाक्लै आलोचना आएपछी निर्वाचित भएको ९ महिनापछी नगरप्रमुख क्षेत्रीले नगरप्रमुखले चढने गाडी बिहीबार बर्दिबास अस्पताललाई हस्तान्तरण गरेका छन् ।

नगरप्रमुख क्षेत्रीले एक कार्यक्रमका बिच बा २ झ ३७६१ नम्बर प्लेटको गाडी बर्दिबास अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष जयनारायण सर्मालाइ हस्तान्तरण गरे ।

अवदेखी नगरप्रमुख क्षेत्री आफ्नै नीजि गाडी न.३७८० मा सवार हुनेछन । अस्पतालका कर्मचारी र वडाका बिरामी बोक्न छरितो हुने भएकाले अस्पताललाई हस्तान्तरण गरिएको नगरप्रमुख क्षेत्रीले बताए ।

सस्तो लोकप्रियताका लागी एम्बुलेन्स वनाउने निर्णयमा सुरुदेखी नै आलोचना खेप्दै आएका नगरप्रमुख क्षेत्रीले सामान्य निर्णय समेत कार्यान्वयन गर्न नसकेको भन्दै सर्वसाधारणले प्रश्न उठाउदै आएका थिए ।

अस्पतालमा सुधार ल्याउँदै
निर्वाचित भएदेखी नै स्वास्थ्य उपचार सुधारमा लागेका क्षेत्रीले अस्पतालमा निक्कै सुधार ल्याएका छन् ।

एक्सरे, भिडियो एक्सरे, ईसीजी, फार्मेसी, स्वास्थ्य बीमा, भर्ना सेवा जस्ता सेवाहरूले सर्वसाधारणले निजी अस्पतालमा तिर्नुपर्ने महँगो शुल्कबाट आजकाल राहत पाएका छन् ।

अस्पतालले जेष्ठ नागरिक स्याहार केन्द्र, एकीकृत हिंसा व्यवस्थापन, सामाजिक सुरक्षा सेवा, परिवार नियोजन सेवा, सुरक्षित गर्भपतन सेवा, किशोर-किशोरी सेवा, पोस्टमार्टम सेवा, क्षयरोग उपचार सेवा, काउन्सिलिङ तथा प्रेषण सेवा, होल बडी चेकअप सेवा जस्ता सेवाहरू विस्तार गरेसँगै बर्दिबास मात्र होइन, महोत्तरी क्षेत्र नं.- १ कै लागि बर्दिबास उपयुक्त उपचार केन्द्र बन्ने विश्वास गरिएको छ ।

अहिलेसम्म १७८ भन्दा बढी आमाहरुको सिएस गरेर सुरक्षित सुत्केरी गराएको अस्पताल प्रशासनले जनाएको छ ।

प्रतिक्रिया