

सरकारमा लोसपाको सम्मानजनक सहभागिताबारे छलफल गर्ने जिम्मा अध्यक्ष ठाकुरलाई

काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले सरकारमा सम्मानजनक उपस्थिति हुनुपर्ने बताएको छ ।
आज (बिहीबार) बसेको लोसपाको कार्यकारिणी बैठकले सत्तारुढ गठबन्धनमा जति दल छन्, सबैको सम्मानजनक उपस्थिति हुनुपर्ने निष्कर्ष निकालेको हो ।
‘राजपाको लिगेसी बोकेको र आन्दोदानकारी पार्टी भएकाले सरकार लोसपाको उपस्थिति सम्मानजनक हुर्ने नेता शरतसिंह भण्डारीले बताए । यसका लागि सम्वाद गर्ने जिम्मेवारी पार्टी अध्यक्ष महन्थ ठाकुरलाई दिइएको उनले बताए ।
बैठकले १० वैशाखमा हुने बारा क्षेत्र नम्बर २ उपचुनावका लागि गृहकार्य गर्ने थाल्ने निर्णय समेत गरेको छ ।

