

जाजरकोटका ग्रामिण क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध

जाजरकोट – जाजरकोटको बारेकोट, नलगाड र कुशे गाउँपालिका क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध छ। मंगलबार राति नेपाल टेलिकमको जाजरकोटस्थित मछाइना टावरमा चट्याङ परेपछि टेलिफोन सेवा अवरुद्ध भएको नेपाल टेलिकम जाजरकोटले जनाएको छ।
टेलिफोन सेवा अवरुद्ध भएपछि सञ्चार सुविधाबाट स्थानीय वञ्चित भएका छन्। टावरमा चट्याङले क्षति पुर्याएपछि जिल्लाका ग्रामिण क्षेत्रको सञ्चार सम्पर्क विच्छेद भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी अन्जन न्यौपानेले बताए।
सुर्खेतबाट प्राविधिक टोली जाजरकोटतर्फ आइरहेकाले छिट्टै समस्या समाधान हुने उनको भनाइ छ।

