


पूर्वराजा ज्ञानेन्द्र र राप्रपा नेताबीच भेटवार्ता

झापा – पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपाका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ ।
शाहलाई भेट्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरु झापाको दमक पुगेका थिए ।
बुधबार दिउँसो भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको महामन्त्री धवलशम्शेर राणाले जानकारी दिए । भेटमा राप्रपा नेताहरु डा. प्रकाशचन्द्र लोहनी र रवीन्द्र मिश्र पनि सहभागी थिए ।

