राष्ट्रपतिसँग अमेरिकी राजदूतको भेटवार्ता


काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि अमेरिकाका राजूदत डिन आर थम्पसनले शिष्टाचार भेट गरेका छन् ।

अमेरिकी सरकारका तर्फबाट औपचारिक बधाई सन्देशसहित थम्पसनले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् ।

भेटमा दुईपक्षीय हित र साझा चासोको विषयमा कुराकानी भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया