रवि लामिछानेविरुद्ध पासपोर्टको कसुरमा मुद्दा नचलाउने निर्णय


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध राहदानीको कसुरमा मुद्दा नचलाउने निर्णय भएको छ ।
महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ता सञ्जीव रेग्मीका अनुसार लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय सदर भएको छ ।

यसअघि जिल्ला प्रहरी परिसर काठमाडौंले लामिछानेविरुद्ध राहदानी दुरुपयोगमा मुद्दा चलाउनु नपर्ने रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा पेस गरेको थियो । सोही आधारमा सरकारी वकिलले लामिछानेविरुद्ध मुद्दा दायर नगर्ने निर्णय गरेको थियो ।

जिल्लाको सो निर्णय उच्च सरकारी वकिल कार्यलय पाटनमा जानकारी गराइएको थियो । उच्चले समेत लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गर्दै महान्यायाधिवक्ता कार्यालयमा पत्राचार गरेको थियो । महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध मुद्दा दायर गर्नु नपर्ने निर्णय गरेको छ।

प्रतिक्रिया