एमालेले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने


काठमाडौं – नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ ।

एमाले संसदीय दलको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई विश्वासको मत दिन नसक्ने बताएका हुन् ।

‘एमालेलाई प्रचण्डप्रति विश्वास छैन। हामी विश्वासको मत दिँदैनौं,’ संसदीय दलको बैठकमा ओलीले भने।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एउटै कार्यकालमा आज दोस्रो पटक विश्वासको मत लिदैछन् । एमाले, राप्रपालगायतले समर्थन फिर्ता लिए पछि प्रधानमन्त्री प्रचण्डले आज दोहोरयार विश्वासको मत लिन लागेका हुन् ।

प्रतिक्रिया