
उपराष्ट्रपतिको मतदानलगत्तै विश्वासको मतका लागि छलफलमा जुटे प्रधानमन्त्री दाहाल
काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग छलफल गरेका छन् ।
उपराष्ट्रपतिको निर्वाचनमा मतदान गरेपछि गठबन्धन दलका तीन शीर्ष नेताहरु छलफलमा जुटेका हुन् । संसद भवनभित्र रहेको प्रधानमन्त्री कक्षमा उनीहरूबीचको छलफल चलिरहेको छ ।
छलफलमा प्रधानमन्त्री प्रचण्डले चैत ६ गते लिने विश्वासको मत, सरकारलाई पूर्णता दिनेलगायत समसायिक विषयमा केन्द्रित रहेको जनाइएको छ ।
त्यसका साथै मन्त्रीमण्डल विस्तारको बारेमा पनि छलफल हुने स्रोतले जनाएको छ ।



कागजपत्र |
