नेपालले पायो विशाल लक्ष्य


काठमाडौं — नेपालले युएईविरुद्ध जितका लागि ३११ रनको लक्ष्य पाएको छ ।

कीर्तिपुरमा जारी खेलमा युएईले ५० ओभरमा ६ विकेट गुमाउँदै ३१० रन बनाएपछि नेपालले उक्त विशाल लक्ष्य पाएको हो । जुन नेपालले हालसम्म पाएको सबैभन्दा ठूलो लक्ष्य हो ।

युएईका लागि आशिफ खानले विस्फोटक शतक हाने । उनले ४२ बलमा १०१ रन बनाउँदा नटआउट रहे। त्यस्तै अरिविन्द ९४ रनमा आउट हुँदा कप्तान मोहम्मद वसिम ६५ रनमा आउट भएका थिए ।

नेपालका लागि सन्दीप लामिछानेले १ विकेट लिए । सोमपाल कामी र ललित राजवंशीले १/१ विकेट लिए भने दिपेन्द्र सिं ऐरीले २ विकेट लिए ।

 

प्रतिक्रिया