

सन्दीपले दिए नेपाललाई राहत, युएई कप्तान वसिम आउट

काठमाडौं – निर्णायक मानिएको खेलमा नेपालले दोस्रो सफलता हात पारेको छ ।
कीर्तिपुरको क्रिकेट मैदानमा जारी युएईविरुद्ध टस हारेर पहिलो बलिङ गरेको नेपालका लागि सन्दीपले दोस्रो सफलता दिलाएका हुन् ।
सन्दीपको बलिङमाथि वसिम हावी हुन खोजिरहेका थिए । उनले सन्दीपमाथि दुईवटा विशाल छक्का पनि लगाएका थिए । तर खेलको १६ औं ओभरको दोस्रो बलमा उनले वसिममाथि बदला लिए ।
आउट हुनुअघि वसिमले केवल ४९ बलमा ६३ रन बनाए । उनको इनिङमा ६ छक्का र दुई चौका सामेल थिए । वसिमको महत्वपूर्ण विकेटसँगै नेपाल खेलमा फर्किएको छ । यसअघि महंगा बनिरहेका सन्दीपले पनि आफ्नो लयमा फर्किएका छन् ।
यससँगै सन्दीप सर्वाधिक छिटो सय विकेट लिने बलरको कीर्तिमानी सूचीमा १ विकेटले पछि रहेका छन् ।
त्यसअघि नेपालका खेलको तेस्रो ओभरमा ललितनारायण राजवंशीले पहिलो विकेट लिएका थिए ।
अहिले युएई १६.१ ओभरमा ९८ बनाएर खेलिरहेको छ ।

