उपनिर्वाचनका लागि कांग्रेसले थाल्यो तयारी, उम्मेदवार सिफारिस गर्न निर्देशन


काठमाडौं – नेपाली कांंग्रेसले आउँदो वैशाख १० गते हुने उपनिर्वाचनका लागि उमेदवारको नाम सिफारिस गर्न पार्टीका निकायलाई निर्देशन दिएको छ ।

बुधबार बिहान केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकबाट चितवन क्षेत्र नम्बर–२ सहित अरू क्षेत्रमा हुने उपनिर्वाचनका लागि उमेदवार सिफारिस गर्न निर्देशन दिने निर्णय गरिएको हो ।

‘२०८० वैशाख १० गते हुने चितवन क्षेत्र नं। २ लगायत उपनिर्वाचन हुने अन्य क्षेत्रको प्रतिनिधिसभा सदस्य पदको प्रत्यक्षतर्फको उमेदवारीका लागि पार्टी विधानको धारा ३२ (८) (क) (ख) (ग) बमोजिमको प्रक्रिया पुर्‍याई उमेदवारको नाम प्रस्ताव र सिफारिस गर्नका लागि पार्टीका सम्बन्धित निकायलाई उपयुक्त समयमा केन्द्रीय कार्यालयमार्फत निर्देश गर्ने,’ निर्णयमा उल्लेख छ ।

बैठकबाट उपराष्ट्रपति पदका उमेदवार रामसहायप्रसाद यादवका पक्षमा मत दिनेलगायत निर्णय गरिएको छ ।

प्रतिक्रिया