नारायणी पुलबाट गाडी खस्यो


गैंडाकोट – नारायणी पुलबाट गाडी खसेको छ ।

नवलपुरको गैंडाकोट र चितवनको नारायणगढ बजार जोड्ने नारायणी नदी माथिको पक्की पुलबाट गाडी खसेको जनाइएको छ ।

नवलपुरबाट चितवनतर्फ जाँदै गरेको लु २ च १५७० नम्बरको निजी नम्बर प्लेटको टाटागाडी नदी किनारमा खसेको इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरिक्षक रिता पौडेलले बताइन् ।

तीब्रगतिमा रहेको उक्त गाडी गैँडाकोटतर्फको पुलबाट नारायणी नदी किनारमा खसे पनि दुर्घटनामा कुनै मानवीय क्षति नभएको जनाइएको छ । दुर्घटनामा परेको क्षतिग्रस्त गाडी अहिले बाहिर निकालिएको छ ।

सवारी चालकले मादक पदार्थ सेवन गरी चलाएको अनुमान गरिए पनि अहिले अनुसन्धान भईरहेको इन्स्पेक्टर पौडेलले बताइन् ।

प्रतिक्रिया