कामपाका मेयर बालेन भोलि लन्डन जाँदै


काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह भोलि बिहानै लन्डन जाने भएका छन्।

लण्डनमा ‘हेल्दी सिटी समिट’मा सहभागी हुन मेयर बालेनसहित चार सदस्यीय टोली लन्डन प्रस्थान हुन लागेको बालेनका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए।

उनका अनुसार टोलीमा वडा २४ का वडाध्यक्ष विनोद भण्डारी, महानगरका जनस्वास्थ्य सल्लाहकार डा.जगदीशप्रसाद जैसवाल र उनी स्वयम् छन्।

उनीहरू फागुन ३० देखि चैत ३ गते सम्म हुने कार्यक्रममा सहभागी हुन जान लागेका हुन्।

बालेनको अनुपस्थितिमा काठमाडौं महानगर प्रमुखको जिम्मेवारी उपप्रमुख सुनिता डंगोललाई दिइएको छ।

प्रतिक्रिया