

सन्दीपले दिलाए नेपाललाई तेस्रो सफलता

काठमाडौं – पपुवान्युगिनीविरुद्धको खेलमा नेपाललाई तेस्रो सफलता हात लागेको छ ।
नेपालका लागि सन्दीप लामिछानेले तेस्रो विकेट लिएका हुन् । पीएनजीका सेसे बाउ १८ रन बनाउँदै सन्दीपको बलमा बोल्ड आउट भएका हुन् ।
त्यसअघि ललितनारायण राजवंशी र सोमपाल कामीले विकेट दिलाएका थिए । अहिले पीएनजी १४ अाेभरमा ४९ रन बनाएर ३ विकेट गुमाउँदै खेलिरहेको छ ।

