रामचन्द्र पौडेलको राजीनामा स्वीकृत, साधारण सदस्यसमेत नरहने


काठमाडाैं – राष्ट्रपतिमा निर्वाचित भएपछि पार्टीको सबै जिम्मेवारीबाट अलग भएका रामचन्द्र पौडेलको राजीनामा स्वीकृत भएको छ।

नेपाली कांग्रेसका नेता तथा केन्द्रीय कार्यसमितका सदस्य पौडेलले आज सभापति शेरबहादुर देउवासमक्ष राजीनामा दिएका थिए।

नेपाली कांग्रेसले केहीबेर अघि विज्ञप्ति जारी गर्दै पौडेलले दिएको राजीनामा स्वीकृत गर्दै पार्टीको जिम्मेवारी र साधारण सदस्य समेतबाट अलग भएको जनाएको छ।

साथै सभापति देउवाले पौडेलको सफल कार्यकालका लागि शुभकामना दिएका छन्।​

प्रतिक्रिया