

क्रिकेट टोलीलाई ओलीले बधाई दिँदै भने, ‘नेपालको सपना पूरा गर्नुहुनेछ’

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आईसीसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम त्रिदेशीय शृंखलाअन्तर्गत आइतबार यूएईलाई १ सय ७७ रनले हराएको नेपाली क्रिकेट टिमलाई बधाई दिएका छन् ।
ओलीले सामाजिक सञ्जालमार्फत नेपाली टिमलाई ऐतिहासिक जितका लागि बधाई दिएका हुन् । उनले एकदिवशीय विश्वकप खेल्ने नेपालको सपना अहिलेको टिमले पूरा गर्ने पनि विश्वास व्यक्त गरेका छन् ।
उनले लेखेका छन्, “वाह !!! बधाई टिम नेपाल, यूएईविरुद्ध जित हासिल गर्दै लिग– २ को शीर्ष चारमा प्रवेश गरेकोमा नेपाली क्रिकेट टिमलाई हार्दिक बधाई । विश्वकप खेल्ने नेपालको सपना पूरा गर्ने जिम्मेवारी तपाईंहरुले पूरा गर्नुहुनेछ ।”

