
नेम्बाङले बुझाए राष्ट्रपति निर्वाचनको खर्च विवरण, कति भयो त खर्च ?
काठमाडौं – राष्ट्रपति उमेदवार सुवासचन्द्र नेम्वाङले निर्वाचनको खर्च विवरण सार्वजनिक गरेका छन् ।
निर्वाचन प्रतिनिधि महेश बर्तौलामार्फत निर्वाचन अधिकृतको कार्यालयमा बुझाएको खर्च विवरणमा १६ हजार ५०० खर्च भएको उल्लेख छ ।
खर्चको विवरणमा एकपटक एसएमएस गर्दा १० हजार खर्च भएको उल्लेख छ ।
त्यसैगरी मसलन्दमा ६ हजार ५०० खर्च भएको विवरणमा उल्लेख छ । बिहीबार भएको राष्ट्रपति निर्वाचनमा नेम्वाङ अर्का उमेदवार रामचन्द्र पौडेलसँग पराजित भएका थिए ।
पौडेल ३३ हजार २ मतभारसहित निर्वाचित हुँदा नेम्वाङले १५ हजार ५१ मतभार प्राप्त गरेका थिए ।



कागजपत्र |
