
सांसद भण्डारीको स्वास्थ्यमा सुधार
काठमाडौं – सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ।
भण्डारीको तीन सातादेखि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार जारी छ।
सांसद भण्डारीको स्वास्थ्यका सबै प्यारामिटर सामान्य हुँदै गएको दाजु मीनप्रसाद भण्डारीले बताए।
उनका अनुसार बिहीबार पनि सांसद भण्डारीको फिजियोथेरापी गरिएको थियो।
‘कलमी गरिएको छालाले राम्रो प्रतिक्रिया दिइरहेको छ, स्वास्थ्यमा राम्रो सुधार भइरहेको डाक्टरहरूले जानकारी गराउनुभएको छ’, उनले भने।
सांसद भण्डारीको अनुहार, हात र खुट्टा जलेको थियो । उनलाई भेट्नका लागि अहिले पनि चिकित्सकहरुले प्रतिबन्ध लगाएको जनाइएको छ ।
गत फागुन ३ गते बेलुकी बुद्धनगरस्थित निवासमा ग्यास लिक भई आगलागी हुँदा भण्डारी गम्भीर घाइते भएका थिए।
उक्त आगलागीमा परी घाइते भएकी सांसद भण्डारीकी आमा हरिकलाको भने आगलागीमा परेर निधन भएको थियो।



कागजपत्र |
