

निरंकुश प्रवृत्ति देखिएको भन्दै प्रचण्ड–नेपाल समूहले स्वेतपत्र जारी गर्ने

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले स्वेतपत्र जारी गर्ने तयारी गरेको छ । आफ्नै पार्टीबाट निरंकुश प्रवृत्ति देखिएको भन्दै प्रचण्ड–नेपाल समूहका नेताहरूले आत्मसमीक्षा गरेर स्वेतपत्र जारी गर्ने बताएका हुन् ।
शुक्रबार केन्द्रीय संघर्ष समितिले ललितपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले अहिले भएको विषयलाई इतिहासमा समावेश गराउनुपर्ने भन्दै स्वेतपत्र ल्याउने तयारीमा आफूहरू रहेको बताएका हुन्।
‘पार्टी एकताको प्रस्तावक म नै हुँ। त्यो राजनीतिक स्थायित्वका लागि थियो,’ प्रचण्डले भने, ‘कहाँ त्रुटि भयो ? किन समयमै यो प्रवृत्तिलाई रोक्न सकेनौं ? भन्ने आत्मसमीक्षा गर्दैछौं ।’

