
आशिफको विस्फोटक अर्धशतकका साथ नेपालको शानदार सुरुवात
काठमाडौं – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले पपुवान्युगिनीविरुद्ध शानदार सुरुवात गरेको छ ।
नेपालका लागि प्रारम्भिक जोडी कुशल भुर्तेल र आशिफ शेखले नेपाललाई उत्कृष्ट सुरुवात गराएका छन् ।
अहिलेसम्म १८ ओभर खेल खेलिसकेको नेपालले बिनाकुनै विकेट १ सय ८ रन बनाएको छ । नेपालका लागि आशिफ शेखले अर्धशतकसहित ६० बनाएका छन् भने भुर्तेलले ४४ रन बनाएका छन् ।
टियु क्रिकेट मैदानमा भएको टसमा पपुवा न्युगिनीका कप्तान असद भालाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् ।



कागजपत्र |
