

लहान नगरपालिकाका वडाध्यक्षद्वारा दुई करोडको जग्गा दान

गोल बजार – सिरहाको लहान नगरपालिका–८ का वडाध्यक्ष श्याम साहले दुई करोड मूल्य बराबरको दुई कठ्ठा जग्गा दान गरेको छ ।
उनले सोनार समाजको अतिथि सदन निर्माणका लागि लहान– ७ स्थित टाउनप्लानिङ्गमा रहेको जग्गा दान गरेका हुन् ।
सोनार समाजद्वारा आयोजित होली मिलन कार्यक्रममा जग्गादाता वडाध्यक्ष साह र उनकी आमा फुलोदेवीलाई सम्मान गरिएको छ । वडाध्यक्ष साहले सोनार सेवा सदन समितिको नाममा उक्त जग्गा पास गरेको समाजका जिल्ला अध्यक्ष जयप्रकाश साहले बताए ।
‘आफ्नो समुदायको विकासका लागि जग्गा दान गरेको छु’, वडाध्यक्ष साहले भने, ‘अब भवन निर्माणमा पनि सहयोग गर्नेछु ।’
विपन्नका परिवारलाई आर्थिक उपार्जन र रोजगारी दिनका लागि पनि समाजले सहयोग गरिराखेको जनाइएको छ ।

