माओवादी आन्दोलनका दलहरुको बैठक सम्पन्न, गरे यी ३ निर्णय


काठमाडौं – माओवादी धाराका पार्टीहरुको बैठक सम्पन्न भएको छ । बैठकले विभिन्न ३ बुँदा पास गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकमा बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपालस समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई, सिपी गजुरेल, कृष्णबहादुर महरा, देव गुरूङ, नेकपाका खड्गबहादुर विक प्रकाण्ड, आहुति, कर्णजीत बुढाथोकी, हेमन्तप्रकाश ओलीलगायत उपस्थित  थिए ।

माओवादी आन्दोलनका विभिन्न दलहरूको बैठकका निर्णयः

१. विस्तृत शान्ति सम्झौताको मर्म र भावना विपरीत हुने कुनै पनि गतिविधिको विरोध र प्रतिवाद गरिने।

२. संक्रमणकालिन न्यायसंग सम्बन्धित सबै विषयहरु सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगमार्फत अगाडि बढाउनु पर्छ भन्नेमा एकमत। र, सिघ्र रूपमा कार्यान्वयन गर्न ध्यानाकर्षण।

३.  विभिन्न समयमा राज्यसँग भएका सम्झौता कार्यान्वयन गर्न प्रतिबद्ध छौं।

No photo description available.

प्रतिक्रिया