

बिपिडब्लु लघुवित्तको आइपीओमा आवेदन दिने अन्तिम दिन आज

काठमाडौँ – बिपिडब्लु लघुवित्तको आइपीओमा आवेदन दिने मंगलबार अन्तिम दिन हो।
लगानीकर्ताले आज फागुन २३ गते कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन्। यस लघुवित्तले सर्वसाधारण लगानीकर्तालाई फागुन १८ गतेदेखि आइपीओ बिक्री खुला गरेको हो।
कम्पनीले आफ्नो जारी पुँजी ३ करोड रुपैयाँको ३ करोड रुपैयाँको ३२।३३५ ले हुन आउने ९७ लाख रुपैयाँ बराबरको आइपीओ बिक्रीमा ल्याएको हो। जसअनुसार प्रतिसेयर १ सय अंकित मूल्यमा ९७ हजार कित्ता सेयर निष्कासन गरेको छ।
यसमध्ये १०५ अर्थात् ९ हजार ७ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई निष्कासन गरिसकेको छ। यस्तै, १ हजार ५०० कित्ता सेयर कर्मचारीलाई र ४ हजार ८५० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। बाँकी रहेको ८० हजार ९५० कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्।
सीडीएसका अनुसार आज बिहान ६ः२३ बजेसम्ममा ११ लाख १३ हजार ५८३ जनाले १ करोड ४४ लाख ९८ हजार ४२० कित्ताका लागि आवेदन दिएका छन्। यो सर्वसाधारणको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा १७९।० गुणा बढी आवेदन हो। यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन पाइनेछ। यो आइपीओमा मेगा क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
रेटिङ एजेन्सी इक्रा नेपालले बिपिडब्लु लघुवित्तको आइपीओलाई ‘इक्रा एनपी इस्यूअर बी माइनस’ रेटिङ प्रदान गरेको छ।

