देशभर थप ३७९० संक्रमित, २३३५ डिस्चार्ज


काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ३७९० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यससँगै हालसम्म देशभर संक्रमित हुनेको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ ।

पछिल्लो २४ घन्टामा देशभर १५ हजार ७ सय १४ जनाको पीसीआर परिक्षण गरिएको छ ।

काठमाडौंमा २००८, भक्तपुरमा ९९ र ललितपुरमा २८१ जना गरी पछिल्लो २४ घन्टामा उपत्यकामा २३८८ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले नियमित गर्दै आएको कोरोना अपडेटमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भई २३३५ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या ९४ हजार ५ सय १ रहेको छ ।

प्रतिक्रिया