च्याम्पियन आज स्वदेश फर्कँदै


काठमाडौं — आईसीसी यू–१९ विश्वकप एसिया छनोट अन्तर्गतको अन्तिम खेलमा यूएईलाई हराउँदै विश्वकपमा पुगेको नेपाली टोली आज शुक्रबार स्वदेश फर्कदै छ ।

यूएईलाई पराजित गरेर एसिया छनोटको च्याम्पियन बनेर नेपाली टोलीले विश्वकपमा स्थान बनाएको हो ।

विश्वकपको एसीया क्षेत्र छनोटमा च्याम्पियन भएको नेपाली टोली आज (शुक्रबार) साँझ स्वदेश फर्कदै छ ।

नेपाली टोली आज साँझ ६ बजे नेपाल आईपुग्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

निर्णायक खेलमा बिहीबार यूएईलाई ७ रनले हराउँदै नेपाल विश्वकपमा पुगेको छ ।

नेपालले २०१६ को विश्वकप पछि पहिलो पटक विश्वकप खेल्दैछ ।

प्रतिक्रिया