
सन्दीपले लिए दोस्रो विकेट, नेपाललाई चौथो सफलता
युएई – युएईमा जारी खेलमा सन्दीप लामिछानेले दोस्रो विकेट लिएका छन् ।
उनले विस्फोटक ब्याट्सम्यान आशिफ खानको विकेट लिएका हुन् ।
खानले ७२ रन बनाएका थिए ।
यससँगै नेपालले खेलमा चौथो विकेट हात पारेको छ । नेपालका लागि करण केसी र कुशल मल्लले १/१ विकेट लिएका छन् । युएइले ३५ ओभरमा ४ विकेट गुमाएर १४० रन बनाउँदै खेलिरहेको छ ।
सन्दीपले अहिलेसम्म ६ ओभरमा ९ रन दिएर २ विकेट लिइसकेका छन् ।



कागजपत्र |
