कैलालीका सडकमा पनि निस्कियो सेना


कैलाली – काठमाडौं, चितवन, बुटवलपछि नेपालगन्ज हुदै कैलालीमा सेनाका ४ ओटा बख्तरबन्द गाडी सडकमा देखिएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहले बुधवार आह्वान गरेको आमहड्ताल कै दिन किन निस्कियो सेनाको बख्तरबन्द गाडी भनेर सबैले चासो राखेका छन् ।

केही दिन अघि काठमाडौंको सडकमा बख्तरबन्द गाडी प्रदर्शन गरेको नेपाली सेनाले कैलालीका सडकमा पनि यस्ता गाडी निकालेको छ ।

नेपालगञ्जबाट धनगढीको बोराडाँडीमा रहेको ब्यारेकसम्म बख्तरबन्द गाडीहरु साइरन बजाउँदै आएपछि स्थानीयले चासो व्यक्त गरेका छन् । यद्यपि, नेपाली सेनाले भने यसलाई नियमित अभ्यास भनेको छ ।

लामो समयदेखि सेनाले बख्तरबन्द गाडी सडकमा निकालेर अभ्यास गरेको थिएन । राजनीतिमा आएको परिवर्तनसँगै देशभर सेनाले गरेको अभ्यासलाई पनि अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया