

चितवनपछि बुटवलमा पनि निस्कियो सेनाको बख्तरबन्द

बुटवल – बुटवलमा पनि नेपाली सेनाले नियमित अभ्यासका लागि बख्तरबन्द सडकमा निकालेको छ ।
नेकपा प्रचण्ड–नेपाल समूहले देशभर घोषणा गरेको आमहड्ताल जारी रहदाँ बुटवलमा नेपाली सेनाको बख्तरबन्दले नगरपरिक्रमा गरेको हो ।
सेनाले नियमित अभ्यास अन्तर्गत नै बख्तरबन्द गाडी प्रदर्शन गरिएको जनाएको छ ।
यसअघि नेपाली सेनाले काठमाडौं उपत्यकामा र आजै चितवनमा पनि बख्तरबन्द गाडी बाहिर निस्किएको थियो ।

