
प्रधानमन्त्रीले सन्दीपसँग हात मिलाएको विषयलाई अतिरञ्जना गरियो : राखेप
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्रिकेटर सन्दीप लामिछानेसँग हात मिलाएको विषयलाई अतिरञ्जना गरिएको भन्दै राष्ट्रिय खेलकुद परिषद (राखेप)ले ध्यानाकर्षण गराएको छ।
आईसीसी विश्वकप लिग २ अन्तर्गतका सबै सिरिज जितेपछि लामिछानेसहितका सबै क्रिकेट खेलाडीलाई बधाई तथा हौसला दिँदै प्रधानमन्त्रीले हात मिलाएको विषयलाई अतिरञ्जना बनाइएको रापेखपले बताएको छ।
आइतबार राखेपका सदस्य सचिव टंकलाल घिसिङले विज्ञप्ति निकाल्दै अतिरञ्जना गरिएको विषयप्रति गम्भिर ध्यानकर्षण भएको बताएका छन्। 



कागजपत्र |
