


एमालेको राष्ट्रपतिको उम्मेदवार सुवास नेम्बाङ, समर्थनका लागि कांग्रेसबाहेकसँग पत्राचार गरिने

काठमाडौं — नेकपा एमालेबाट सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार हुने तय भएको छ ।
नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेका तर्फबाट सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार बनाउने तय भएको जानकारी दिए ।
एमालेको उम्मेदवारले चुनाव जित्ने पनि उनको दाबी छ ।
एमालेले समर्थन जुटाउनका लागि अन्य राजनीतिक दललाई पत्राचार गर्ने भएको छ ।
च्यासल ललितपुरस्थित केन्द्रिय कार्यालयमा बसेको सचिवालय बैठकको निर्णय सार्वजनिक गर्दै प्रचार बिभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले नेपाली कांग्रेसबाहेक अन्य दललाई पत्रचार गर्ने निर्णय गरेको जानकारी दिए ।

