प्रभावकारी सेवा दिन राजदूतहरुलाई परराष्ट्रमन्त्रीको निर्देशन


काठमाडौं – परराष्ट्र मन्त्री डा. विमला राई पौड्यालले नेपाल परराष्ट्र नीति सञ्चालनमा असंलग्नताको सिद्धान्तप्रति दृढ रहेको बताएकी छन् ।

नीति अनुसन्धान परिषद्ले आज (शुक्रबार) काठमाडौंमा आयोजना गरेको नेपालको परराष्ट्र नीति २०७७ सम्बन्धी सार्वजनिक नीति संवाद कार्यक्रममा उनले नेपालको परराष्ट्र नीतिलाई समय सापेक्ष बनाएर प्रकाशन गरिने बत्ताइन् ।

नेपालले लिने परराष्ट्रनीतिकै आधारमा विश्वमा कूटनीतिक सम्बन्ध विस्तार हुनेमा जोड दिँदै परराष्ट्र मन्त्री पौड्यालले विदेशमा रहेका नेपाली कूटनीतिक नियोगलाई प्रभावकारी बनाइने प्रतिबद्धता जनाइन् । उनले प्रभावकारी सेवा दिन पनि राजदूतहरुलाई निर्देशन दिइन् ।

कोभिड १९ को महामारीका कारण स्थगित भएको सगरमाथा संवादलाई विश्व संवाद मञ्चको रूपमा विकास गर्ने गरी गृहकार्य भइरहेको उनको भनाइ छ ।

प्रतिक्रिया