


भोलि त्रिविका आंगिक क्याम्पसहरु बन्द, पूर्व निर्धारित परीक्षा भने यथावत

काठमाडाैं – शुक्रबार त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पस तथा कार्यालयहरु बन्द रहने भएका छन् । तर, पूर्वनिर्धारित परीक्षाहरु भने यथावत सञ्चालन हुने भएका छन् ।
त्रिविले एक सूचना जारी गर्दै त्रिवि सेवा आयोगका पूर्व प्राध्यापक चूडाराज उप्रेतीको निधनको शोकमा बिदा दिने निर्णय भएको जानकारी दिएको छ ।

