

डीआईजी अशोक सिंहको राजीनामा स्वीकृत

काठमाडौं – प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहको राजीनामा स्वीकृत भएको छ ।
गृहमन्त्रीसमेतको जिम्मेवारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार सिंहको राजीनामा स्वीकृत गरेका हुन् ।
प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाको दौडमा रहेका बेला जन्ममिति विवाद सार्वजनिक भएपछि सिंहले बुधबार राजीनामा दिएका थिए ।

