उपत्यकामा प्रतिघण्टा ५० किलोमिटरभन्दा बढी गतिमा सवारी चलाउन नपाइने


काठमाडौं – काठमाडौं उपत्यकामा प्रति घन्टा ५० किलोमिटर भन्दा बढीको स्पीडमा गाडी गुडाउन नपाइने भएको छ । बढ्दो सवारी दर्घटनालाई मध्यनजर गर्दै यातायात व्यवस्था विभागले सवारी दुर्घटना रोकथामका लागि स्पिड कन्ट्रेल गरेको हो ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ मा उल्लेखित गति नियन्त्रण सम्बन्धी व्यवस्था र सडकको भौतिक अवस्था समेतलाई मध्यनजर राखी कलंकी(कोटेश्‍वर सडक खण्डको फास्ट ट्रयाकमा ५० किलोमिटर र सर्भिस ट्रयाकमा २० किलोमिटर गति तोकिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै कोटेश्‍वर(भक्तपुर सडक खण्डमा पनि प्रति घन्टा ५० किलोमिटर गति तोकिएको छ । उपत्यकाको विभिन्न स्थानमा आवश्यकता अनुसार गति सिमा तोकी सोही स्थानमा गति सिमाका बोर्डहरू समेत राखिएको ट्राफिक प्रहरीले जनाएको छ ।

तोकिएको गतिभन्दा बढीमा सवारी चलाउनेलाई ट्राफिक प्रहरीले जरिवाना गर्दै आएको छ ।

प्रतिक्रिया