सर्वसम्मति भए मात्र राष्ट्रपतिको उम्मेदवार बन्छु : माधव नेपाल


काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सर्वसम्मति भए मात्र आफू राष्ट्रपतिको उम्मेदवार बन्ने बताएका छन् ।

आज (बिहीबार) प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा उनले पदलोलुप देखिएर राष्ट्रपति नहुने बताएका हुन् ।

‘पदलोलुप देखिएर राष्ट्रपति हुन्न, सर्वसम्मति भए उठ्छु’ अध्यक्ष नेपाललाई उधृत गर्दै बैठकमा सहभागी एक नेताले भने । नेपाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि गत आइतबार राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरेका थिए । बिहीबार माओवादी र एकीकृत समाजवादीका नेताहरुको बैठकमा पनि यस विषयमा छलफल भएको थियो ।

प्रचण्डले भने नेता नेपालको प्रस्तावमाथि छलफल गर्ने जवाफ दिएका थिए । अआज केहीबेरमा निर्वाचन अघिको गठबन्धनमा रहेको पार्टीका शिर्ष नेताहरु बैठक बस्ने तयारीमा छन् । राष्ट्रपति उम्मेदवार र सत्तासमिकरणका बारेमा छलफल गर्न प्रधानमन्त्री प्रचण्ड, माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल हुन लागेको हो ।

प्रतिक्रिया