आत्मनिर्भर लघुवित्तको आईपीओ बिक्री खुला


काठमाडौँ – आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले सर्वसाधारण लगानीकर्ताका लागि आजबाट साधारण सेयर(आईपीओ) निष्कासन गरेको छ ।

लघुवित्तले जारी पुँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२-६२५ प्रतिशतले हुन आउने दुई करोड तीन लाख ३८ हजार रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँअंकित मूल्यका सेयर निष्कासन गरेको हो ।

कम्पनीले दुई लाख तीन हजार ३८० कित्ता सेयर निष्कासन गरेको छ । सर्वसाधारणले भने एक लाख ६९ हजार ७५५ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

लघुवित्तको आईपीओमा यही १५ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम एक हजार कित्ताका लागि आवेदन दिन सक्ने जनाइएको छ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूका साथै मेरो सेयर खातामार्फत आवेदन दिन सक्नेछन् ।

आर्थिक वर्ष २०७८/७९ को अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ ५५६ रुपैयाँ ५९ पैसा छ । लेखापरीक्षण भइसकेको वास्तविक वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ ३७१ रुपैयाँ ८२ पैसा छ ।

प्रतिक्रिया