

नुवाकोटमा बस दुर्घटना २ को मृत्यु

नुवाकोट – नुवाकोटको चैनपुरमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
नुवाकोटको सदरमुकाम विदुर नगरपालिका १२ स्थित चैनपुरमा भएको दुर्घटनामा २ जनाको मृत्यु भएको जनाइएको छ । बट्टारबाट हिँडेको यात्रुबहाक बस चैनपुरमा पुगेपछि सडकबाट तलतिर खसेर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको स्थानीय विनम्र रिमालले बताए ।
विदुर नगरपालिका-४ बट्टारबाट तारकेश्वर गाउँपालिका-१ दाङसिङतर्फ जाँदै गरेको बा२ख ८४५ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनापछि चालक फरार रहेको पनि जनाइएको छ ।
मृतकहरूको सनाखत नभइसकेको र घाइतेहरूको स्थानीय र प्रहरीले अहिले उद्धार गरिरहेको पनि उनले जनाए । दुर्घटनामा २० जना घाइते भएको जनाइएको छ ।
(विस्तृत विवरण आउन बाँकी)

