
कोरियाली राष्ट्रपतिका विशेष दूतले बालुवाटार पुगेर भेटे प्रधानमन्त्री
काठमाडौं – नेपाल भ्रमणमा रहेका कोरियाली राष्ट्रपतिका विशेष दूत सुङ मिन जाङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।
सुङ मिन जाङले मंगलबार बिहान बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग शिष्टाचार भेटवार्ता गरेका हुन् । भेटमा उनीहरुबीच नेपाल–कोरियाबीचको द्विपक्षीय सम्बन्ध र आर्थिक सहयोगलाई थप सुदृढ बनाउनेबारे छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ ।



कागजपत्र |
